हुम्लामा हिमपात, जनजीवन कष्टकर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हुम्लामा हिमपात, जनजीवन कष्टकर


१९ पुस २०७७, आइतबार


हुम्ला । हुम्लामा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको छ । शनिवार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमिकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ । जिल्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ भने तापक्रम माइनसमा झरेको छ ।

हिमपातपछि तापक्रम माइनसमा झरेसँगै सदरमुकाम सिमिकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ । उत्तरी नाम्खा गाउँपालिकामा आज बिहानदेखि हिमपात भइरहेको छ ।

हिमपात हुँदा किसान खुसी भएका छन् । जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुसी भएका हुन् । लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस