प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पठाए लिखित जवाफ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले पठाए लिखित जवाफ


१९ पुस २०७७, आइतबार


कर्मचारी समायोजन

काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस १८ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

संसद विघटनसम्बन्धी रिटमा विपक्षीहरुबाट लिखित जवाफ प्राप्त भएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सो रिटमा अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाउन पनि आदेश दिएको छ ।

त्यस्तै संघीय संसदबाट प्रतिनिधिसभामा अविश्वासको प्रस्तावसम्बन्धी निवेदन दर्ता भएको मिति र समय खुल्ने गरी सक्कल रजिस्टरसमेतका कागजात पनि सर्वोच्चले मागेको थियो ।

प्रतिनिधिसभा विघटन हुनुभन्दा तत्कालअघिको प्रतिनिधिसभा सदस्यहरुको दलको प्रतिनिधित्व खुल्ने गरी नाम र संख्यासहितको सम्पूर्ण विवरण संसद सचिवालयबाट मागेको थियो । सो रिटमा माग गरिएका सबै कागजातहरु अदालतमा प्राप्त भएको प्रवक्ता पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस