विद्यालयहरू खोल्न उच्चस्तरीय समितिको प्रस्ताव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यालयहरू खोल्न उच्चस्तरीय समितिको प्रस्ताव


१९ पुस २०७७, आइतबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द भएका विद्यालयहरू खोल्न प्रस्ताव गरिएको छ ।

आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो।

बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताएका छन्।

यस्तै कोभिडको सङ्क्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको सङ्क्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरबाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए।

नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका विभिन्न २०९२२ वटा देशबाट आउने यात्रुलाई १० दिन सम्म क्वारेनटाइनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस