प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि सोमबार भारत लगिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि सोमबार भारत लगिने


१९ पुस २०७७, आइतबार


काठमाडौँ । दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ।

विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको दाहाल निकट स्रोतले जानकारी दिए।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस