प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा


१९ पुस २०७७, आइतबार


काठमाडौँ । चौतर्फी दबाबपछि प्रमुख प्रतिपक्ष कांग्रेसले पनि संसद् विघटनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केही दिन स्थगित भएर आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम ल्याएको हो ।

केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार पुस २५ गते ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । त्यस्तै माघ ३ गते नगर र गाउँपालिका र माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ ।

कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा अहिले नेताहरुले बोल्ने क्रम जारी छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस