दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै


१९ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनका अनुसार बैठकमा दोस्रो चरणको आन्दोलनबारे छलफल हुनेछ। शनिबार दाहाल-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो। सो समूहले आन्दोलन परिचालनका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा दुई समुहमा विभाजन भएको छ। प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै दाहाल-नेपाल समूह आन्दोलित छ। यसअघि पनि यो समूहले सरकारका विरुद्धमा राजधानीमा प्रदर्शन गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस