कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे


१९ पुस २०७७, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज देखि पुनः बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दै छ ।

पुष ७ गतेदेखि सुरु भएको बैठक १० गतेदेखि स्थगित भएको थियो । बैठकमा संसद विघटनबारे छलफल हुने छ ।

यसअघिका बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।

तर सभापति शेर बहादुर देउवाले भने संसद विघटनको मुद्धा अदालतमा विचाराधीन रहेकोले आन्दोलन गरेर अदालतलाई दबाब दिन नहुने बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस