बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल, मोटरसाइकल, साइकलमा राति ८ बजेपछि यात्रा गर्न प्रतिबन्ध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बर्दिया राष्ट्रिय निकुञ्जमा पैदल, मोटरसाइकल, साइकलमा राति ८ बजेपछि यात्रा गर्न प्रतिबन्ध


प्रशासन संवाददाता

१८ पुस २०७७, शनिबार


काठमाडौँ । बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, मोटरसाइकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ।

शनिवारदेखि लागू हुने गरी बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म पैदल, साइकल, मोटरसाइकलमा रोक लगाएको हो ।

राष्ट्रिय निकुञ्ज भित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अम्रेनी–कर्णाली चिसापानी सडक खण्डमा विगत केही महिना यता पाटे बाघको चहलपहल अत्यधिक बढिरहेको र शुक्रवार राति बाघको आक्रमणबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएकोले भवितव्यलाई हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै सो निर्णय गरिएको निकुञ्जको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस