२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी गर्न थाले

अ+ अ-

सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् ।

सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत उक्त वडामा स्थानीयसभा गठन गरेपछि सुशासन र वडा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीयले वडा कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणका आयोजनामा निगरानी गरिरहेको स्थानीय शिक्षक भक्तराज भण्डारीले जानकारी दिए।

वडा कार्यालयबाट हुने योजना र बजेटकाबारेमा वडाका केही व्यक्तिबाहेक कसैलाई थाहा नभएको र स्थानीयसभा गठनपछि वडाका अधिकांश समस्या समाधान भएको उनको भनाइ छ । वडामा रहेका आमासमूह, शिक्षक, विभिन्न टोलका अगुवा मिलेर गठन गरेको स्थानीयसभाले वडा कार्यालयबाट हुने सेवा प्रभाव, विकास निर्माणका योजना र समाजमा रहेका अन्य समस्याका विषयमा १५ दिन अथवा तीन महिनामा छलफल गरी सुशासन र पारर्दशीताका लागि आवाज उठाउने गरेका छन् ।

सभामा छलफल गरेर वडा कार्यालयबाट हुने सेवा प्रभावहमा ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता तथा समुदायमा रहेका अन्य समस्याका विषयमा समेत छलफल गरी समस्या समाधानका लागि वडाध्यक्षलाई अथवा नगर प्रमुखलाई सुझाव दिने गरेको स्थानीयसभाका सदस्यको भनाइ छ ।

त्यसैगरी मुक्त कमैया शिविरकी चुनुदेवी डगौरालाई वडा कार्यालयबाट दिइने सेवासुविधा र वडामा हुने विकास निमार्णका बारेमा कुनै जानकारी थिएन । उनले आफू स्थानीयसभामा सदस्य भएपछि मुक्त कमैयाका लागि बजेट आउने गरेको थाहा पाएको बताइन् ।

वडाध्यक्ष मोहनबहादुर बस्नेतले स्थानीयसभाले जनताका समस्या लिएर आउने गरेको बताए । ‘स्थानीयसभाले यहाँ समस्याको पहिचान गरिदिदा वडा कार्यालयलाई पनि काम गर्न सहज भएको छ’, उनले भने, ‘समस्या समाधान लागि अग्रसर रहेका छौँ ।’

सञ्जिवनी नेपालका अध्यक्ष नितु भट्टले स्थानीय अगुवा मिलेर बनेको सभाले वडाको विकासका लागि छलफल गर्ने गरेको बताइन् ।