बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ


१८ पुस २०७७, शनिबार


पक्राउ

गाईघाट । उदयपुरको बेलका नगरपालिका– ३ मा ६ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका बलात्कार अभियोगमा पक्राउपर्नेमा बेलका–३ का ५९ वर्षीय खड्गबहादुर विक रहेका छन् । बालिका बलात्कार गरेको जाहेरी शुक्रबार इप्रका रामपुरमा परेपछि विकलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तेजबहादुर दाहालले बताए ।

पीडित भनिएकी बालिकाको शुक्रबार साँझ नै जिल्ला अस्पताल उदयपुरमा स्वास्थ्य जाँच गराइएको र अहिले स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस