नेकपा ओली समूहको ‘वृहत् कार्यकर्ता भेला’ हुँदै, ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपा ओली समूहको ‘वृहत् कार्यकर्ता भेला’ हुँदै, ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने


१८ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको काठमाडौँ मा वृहत् कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ।

नेकपा काठमाडौँ जिल्ला कमिटीले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्न लागेको हो।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस