कारको ठक्करबाट पाटेबाघको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कारको ठक्करबाट पाटेबाघको मृत्यु


१८ पुस २०७७, शनिबार


काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा कारको ठक्करले एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौँडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो ।

बारा प्रहरीका अनुसार कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको हो । कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।

मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस