२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य अवस्था गम्भीर भएपछि कोरोनाका बिरामीहरूलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

अ+ अ-

डोल्पा । डोल्पाबाट कोरोना पोजेटिभ भएका दुई जनालाई काठमाडौँ लगिएको छ । कोरोना पोजेटिभ भएर आइशोलशनमा बसेका दुबैजानाको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।

सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउने ५१ वर्षका शिक्षक र ६० वर्षका ठुली भेरी नगरपालिका–२ का वडा अध्यक्षको स्वास्थ्य अवस्था जटिल भएपछि आफन्तले हेलिकप्टरबाट काठमाडौँ लगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

शिक्षक दम, प्रेसर, सुगरका बिरामी थिए भने वडा अध्यक्ष दमका बिरामी रहेका थिए । दुबै जना दीर्घ रोगी भएको र चिसोको समय भएको कारण कोरोनाले झनै बढी च्यापेको डाक्टरहरूको भनाइ रहेको छ ।

पौष महिनामा दुई चरणमा कोरोनाको परीक्षणको लागि पिसिआर गर्दा जिल्लामा ९ जना सङ्क्रमित भेटिएका थिए । हाल अन्य ७ जना निको भएर घर फर्किए पनि दुई जना पुरुषको अवस्था गम्भीर भएपछि जिल्लामा उपचार हुन नसक्दा हेलिकप्टरबाट काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए ।

प्रजिअ ढकालका अनुसार तत्काल एक साताको लागि विद्यालय बन्द गरेको र अब थप सुरक्षा सतर्कता बढाउनको लागि छलफल भई रहेको बताए । पछिल्लो समय लापारवाहिले कोरोना समुदाय स्तर सम्म पुगी सकेको अनुमान भने चिकित्सकहरूले गरेका छन् ।

जिल्ला अस्पतालमा भेन्टिलेटर छ तर सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको कारण थन्किएको छ । भेन्टिलेटर नभएकै कारण कोरोनाका बिरामीलाई आफन्तले ६ लाखमा हेलिकप्टर रिजब गरेर काठमाडौँ लैजानुपर्ने बाध्यता आएको छ ।