नेपाल टेलिकमले आजबाट सुरु गर्यो ‘आईपी टिभी’ सेवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल टेलिकमले आजबाट सुरु गर्यो ‘आईपी टिभी’ सेवा


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाल टेलिकमले आजबाट आईपी टिभी सेवा सुरुवात गरेको छ । कम्पनीले एनटीटिभी ब्राण्डमा फाइबर टु द होम (एफटीटीएच) मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको हो ।

अहिलेसम्म एफटीटीएच सेवामार्फत सेवागा्रहीलाई भ्वाइस र इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमले आजबाट आईपी टिभी सेवा थप गरेकोे हो ।

तत्कालका लागि यो सेवा काठमाण्डौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, चाबहिल, छाउनी र गोंगबु, पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्सालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीको एनटीटिभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच पुगेको हुनुपर्नेछ । चाँडै नै उपत्यका बाहिर कम्पनीको फाइबर पुगेको स्थानमा यो सेवा विस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस