राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रियसभाका १ सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस