प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रचण्डसँग छलफल गर्न खुमलटार पुगे वामदेव


१७ पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । गौतम बिहान १० बजेतिर खुमलटार पुगेका थिए ।

प्रचण्डसँग झण्डै एक घण्टा छलफल गरेर गौतम फर्किएका छन् । नेकपा विभाजन पछि गौतम कुनै समूहमा पनि गएका छैनन् । नेकपा विभाजन रोक्न प्रयास गर्ने गौतमले बताउँदै आएका छन् ।

यसअघि प्रचण्ड र माधवकुमार नेपालको गठबन्धनमा रहँदै आएका गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकोमा बिमति जनाएका छन् । तर, गौतम प्रचण्ड र माधव समूहमा गएका छैनन् । प्रचण्डले भने गौतम आफूहरुसँगै उभिने बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस