मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटको सुनुवाइ आज


१६ पुस २०७७, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौँ। मन्त्रिपरिषद विस्तारविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज हुँदैछ । उक्त रिटलाई बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद् पुनर्गठनविरुद्धका निवेदनमाथि सुनुवाइ हुँदै
सम्बन्धित समाचार : मन्त्रिपरिषद् विस्तारविरुद्ध रिटको सुनुवाइ सर्‍यो

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस