राष्ट्रियसभा सदस्यहरूको भोलि निःशुल्क कोरोना परीक्षण हुँदै « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रियसभा सदस्यहरूको भोलि निःशुल्क कोरोना परीक्षण हुँदै


१५ पुस २०७७, बुधबार


काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूको भोलि कोरोना भाइरस(कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपराह्न ४ बजेको निम्ति आह्वान भएको छ ।

पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको हो ।

बैठकमा नेगेटिभ रिपोर्ट भएका सांसदहरूलाई मात्र प्रवेश दिइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस