राष्ट्रिय वाणिज्य बैङ्क नेपालगन्ज शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय वाणिज्य बैङ्क नेपालगन्ज शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


१४ पुस २०७७, मंगलबार


अख्तियार

काठमाडौँ । नेपालगन्जस्थित राष्ट्रिय वाणिज्य बैङ्क, शाखा कार्यालयका तत्कालीन प्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार काठमाडौँस्थित विशेष अदालतमा तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध आरोप पत्र दायर गरेको हो।

कार्यालयबाट कर्मचारी र धितो मूल्याङ्कनकर्ताको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार तत्कालीन प्रबन्धक शाहीसहितले किर्ते कागजहरूको आधारमा किर्ते धितो मूल्याङ्कन गरी बैङ्कमा पेस गरेका थिए।

पेस गरेर उनीहरूले गैर कानुनी रूपमा हानी पुर्‍याएको, सरकारी कागज किर्ते गरेको, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको प्रवक्ता अधिकारीले बताए।

अख्तियारले प्रबन्धक शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद, फहमिदा बानो जसगढ र सूचिकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केसीसँग एक करोड २५ लाख बिगोसहित सजायको माग दाबी गरेको छ। सकिना जसगढसँग भने ७५ लाख बिगो मागेको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस