स्वास्थ्य मापदण्ड अपनाएर सडक महोत्सव « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

स्वास्थ्य मापदण्ड अपनाएर सडक महोत्सव


१४ पुस २०७७, मंगलबार


पोखरा । रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरेर सडक महोत्सव गर्ने जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने भएको हो ।

यही पुस १५ देखि १७ गतेसम्म हुने महोत्सवमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न २२ औँ पोखरा सडक महोत्सव स्वास्थ्य संयोजक भीष्मराज पौडेलले अनुरोध गरेका छन् । महोत्सवमा आउँदा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न उनले सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस