प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समुहको विरोध सभाका तस्विरहरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समुहको विरोध सभाका तस्विरहरु


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध  काठमाडौँ उपत्यकामा मंगलबार विशाल विरोधसभा गरेको छ ।

विरोधसभामा नेतृत्व दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले विभिन्‍न १९ स्थानबाट दिँउँसो जुलुस निकाले। टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसालले गरेकी छिन् भने नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल गरे।

यस्तै नक्सालबाट जनार्दन शर्मा, न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपानेले जुलुसको अगुवाइ गरे भने त्रि(चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, र बागबजारबाट गिरिराजमणि पोखरलले जुलुसका लागि नेतृत्व गरेका थिए। त्यस्तै वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकाले।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्या देवि भण्डारीले पुस ५ गते संसद विघटन गर्दै बैशाख १७ र २७ गते का लागि निर्वाचन मिति तय गरेकी थिइन्

Tags :
प्रतिक्रिया दिनुहोस