देशभर थप ७०८ जनामा कोरोना पुष्टि, ७३१ जना संक्रमणमुक्त, ८ को मृत्यु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

देशभर थप ७०८ जनामा कोरोना पुष्टि, ७३१ जना संक्रमणमुक्त, ८ को मृत्यु


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ७ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ।

हाल देशभर ६ हजार ३ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् भने ३ सय ६५ जना क्वारेन्टिनमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस