प्रतिगमन नसच्चिएसम्म सडक आन्दोलन रोकिदैन : नारायणकाजी श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिगमन नसच्चिएसम्म सडक आन्दोलन रोकिदैन : नारायणकाजी श्रेष्ठ


१४ पुस २०७७, मंगलबार


काठमाडौँ। नेपाल कम्युष्टि पार्टी (नेकपा) दाहाल-नेपाल समुहका नेता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघन गर्ने कदमविरुद्ध मंगलबार काठमाडौँमा भएको प्रदर्शनका क्रममा भृकुटीमण्डपमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले ओलीको प्रतिगामी कदमविरुद्ध सबै राजनीतिक शक्ति र जनता ऐक्यवद्ध हुन जरुरी रहेको पनि बताए ।

उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए । त्यसक्रममा उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे ।

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीको प्रतिगामी नसच्चिएसम्म आन्दोलन जारी रहने बताए । साथै उनले संबैधानिक निकायका सदस्यहरुले पनि असंवैधानिक कदमको विपक्षमा निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस