प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको प्रदर्शन सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल समूहको प्रदर्शन सुरु


१४ पुस २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा प्रदर्शन सुरु भएको छ ।

पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौँमा विभिन्न स्थानमा विरोध र्‍याली सुरु भएको हो ।

प्रचण्ड, नेपाल, झलनाथ खनाल, योगेश भट्टराईसहितका नेताहरु सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय हुँदै भृकटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।

मंगलबारको प्रदर्शनमा ५० हजार भन्दा धेरै नागरिक उतार्ने प्रचण्ड-नेपाल समूहले दाबी गरेका छन्

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई टुक्रा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सत्तामा छ । दाहाल-नेपाल नेतृत्वको नेकपा सडकमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस