निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः बस्नेत « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

निर्वाचनमा जाने कुरा जनमतविरुद्ध होइनः बस्नेत


१४ पुस २०७७, मंगलबार


राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले संसद् विघटन गरेर निर्वाचनमा जाने कुरा जनमतविरुद्ध नभएको बताएका छन् ।

प्रेस सङ्गठन बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन भएको जनाउँदै जनताले मतको अधिकार प्रयोग गर्न पाउने कुरा जनमतविरुद्ध हुन नसक्ने बताए ।

जित्ने सुनिश्चित नभएका नेताले निर्वाचनको विरोध गरेको विचार राख्दै उनले सडकमा प्रदर्शन गर्न छाडेर जनताको माझ जान दलहरुलाई आग्रह गरे । पूर्वमन्त्री बस्नेत नेकपाको कोहलपुरमा आयोजना हुने युवा भेलामा सहभागी हुन यहाँ आएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस