साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला


एजेन्सी

१४ पुस २०७७, मंगलबार


रियाद । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उनलाई आतङ्कवादसम्बन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस