२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आशाको किरण’ कवितासंग्रह लोकार्पण

अ+ अ-

काठमाडौँ । साहित्यकार तथा कवि गङ्गानाथ कोइरालाको कवितासंग्रह “आशाको किरण” लोकार्पण गरिएको छ । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चले शुक्रवार एक कार्यक्रमको आयोजना गरी कविता सङ्ग्रहको लोकार्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलबहादुर के.सी र विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनालले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

लोकार्पण कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष हरि पोख्रेलले बि.सं. २०६१ देखि २०७१ सालबीचका घटना क्रमलाई कवि कोइरालाले सरल तर मार्मिक रूपमा प्रस्तुत गरेकाले कविता पढ्दा आफू त्यहीँ समयमा पुगेको अनुभूति व्यक्त गरे ।
समीक्षक हरेकृष्ण ज्ञवालीले ‘आशाको किरण’ कविता सङ्ग्रह नेपाली साहित्यले गर्व गर्न लायक कृति जन्मिएको बताए ।
नगर प्रमुख केसीले नेपालमा भएको राजनीतिक उपलब्धिहरूमा साहित्य जगतको ठुलो योगदान रहेको उल्लेख गरे ।

त्यस्तै राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनानले साहित्यकार यहाँ वहाँको नभई सिङ्गो राष्ट्रको निधी हुने बताए । कार्यक्रममा बोल्दै कवि कोइरालाले दाङ देउखुरीले आफूलाई पाल्पाले जस्तै माया र स्नेह दिएको बताउँदै यो भन्दा ठुलो प्रोत्साहन साहित्यकर्मीलाई कहीँ नहुने धारणा व्यक्त गरे ।

कार्यक्रममा बुद्धिजीवी जागेश्वर शर्मा घिमिरे, थारु भाषा तथा साहित्य संरक्षण मञ्चका छविलाल कोपिला, अवधि विकास परिषद्का अध्यक्ष जगतराम यादव, राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष वीमबहादुर केसी, शिक्षक दामोदर पाण्डे, सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष केपी घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लीला शाह, अध्येयता उदयराज आले, साहित्यकार तथा नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कविता सङ्ग्रह “आशाको किरणमा” ५० कविता र कहीँ समस्या पूर्ति रहेका छन् । पोखराथोक साहित्य सङ्गम पाल्पाका संस्थापक अध्यक्षसमेत रहेका कोइरालाको यो दोस्रो कृति हो । उनको पहिलो कृति “हिमाल र छहरा” कविता सङ्ग्रह प्रकाशित छ ।