नयाँ राजा बन्ने कुचेष्टा नगर्न ओलीलाई सुरेन्द्र पाण्डेको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नयाँ राजा बन्ने कुचेष्टा नगर्न ओलीलाई सुरेन्द्र पाण्डेको चेतावनी


११ पुस २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ राजा बन्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् ।

नेता पाण्डेले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर ओराले यात्रा सुरु भएको पनि बताएका छन्। धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेपछि ओलीको राजनीतिक यात्रा ओरालो लागेको दाबी गरेका हुन्। उनले भने ‘ओलीजी नयाँ राजा होइन । नयाँ राजा बन्ने कुचेष्टा नगर्नुहोला’, उनले भने, ‘खबरदार, तपाईँ यो बाटोमा हिँड्नुभयो भने तपाईको यात्रा पनि धेरै परसम्म जानेवाला छैन।’

संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको संसद पुनस्र्थापना हुने उनको दाबी छ। उनले कसैको अनुहार हेरेर निर्णय नगर्न संवैधानिक निकायलाई आग्रह समेत गरे। फरक प्रसंगमा नेता पाण्डेले आफूहरुसँग बहुमत भएकाले पार्टी नाम र सुर्य चिन्ह आफ्नो हुने दाबी गरे।

Tags :
प्रतिक्रिया दिनुहोस