ओली समुह छोडेर छक्कबहादुर लामा पुन: दाहाल-नेपाल तिर फर्किए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ओली समुह छोडेर छक्कबहादुर लामा पुन: दाहाल-नेपाल तिर फर्किए


११ पुस २०७७, शनिबार


काठमाडौँ । हुम्लाका सांसद छक्कबहादुर लामा केपी ओली पक्षबाट दाहाल-नेपाल समुहमा फर्किएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका पश्चात हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका हुम्लाका सांसद लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दा ओली समूहमा लागेका थिए ।

उनलाई केपी ओली पक्षले केन्द्रीय सदस्य बनाइएको थियो ।तर केन्द्रीय सदस्य पद परित्याग गरी नेकपाको दाहाल-नेपाल समूहमा आएको उनले बताएका छन् ।

लामाले शनिबार वक्तव्य जारी गर्दै पार्टीमा आएको विभाजनले आफुलाई निक्कै दुखि तुल्याएको बताएका छन्, उनले भनेका छन्, ‘म मात्र त्यता बसेर भएन, बहुसंख्यक कार्यकर्ताले यता बस्नुपर्छ भनेर आग्रह गरे’ उनले भनेका छन् । दाहाल-नेपाल समूह नै मुल पार्टी भएको भन्दै उनले यसमा आवद्ध हुन समेत अपील गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस