ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा आगोलागी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा आगोलागी


११ पुस २०७७, शनिबार


काठमाडौँ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको छ ।

मन्दिरको दक्षिणपट्टीको थावाखोला सामुदायिक वनमा डढेलो लागेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए । वनमा कसैले डढेलो लगाएको आशंका गरिएको छ।

बिहीबार पनि सो वन क्षेत्रमा डढेलो लगाइएको थियो। मन्दिरका कर्मचारी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए।

डढेलो तीव्र फैलिइरहेकाले निभाउनका लागि सदरमुकामबाट मेजरको नेतृत्वमा ३० जनाको नेपाली सेनाको टोली, प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरी र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली पाथीभरा क्षेत्र पठाइएको चापागाईंले बताए।

सदरमुकामबाट पाथीभरा पुग्न अढाइ घन्टा लाग्छ। स्थानीय, पाथीभरा क्षेत्रमा खटिएका प्रहरी र सदरमुकामबाट पठाइएको टोलीले डढेलो निभाउने चापागाईंले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस