प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस् : कमल थापा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्डले मेरो जस्तो नियति भोग्नु नपरोस् : कमल थापा


११ पुस २०७७, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो जस्तो नियति भोग्नु नपरोस् भन्दै शुभकामना दिएका छन् । राप्रपाको पार्टी विभाजनको घटना स्मरण गर्दै थापाले शनिवार सामाजिक सञजाल ट्विटरमार्फत सो कुरा भनेका हुन् ।

शनिबार बिहानै ट्वीटमा उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यहीँ नियति भोग्नु नपरोस् भनेका छन्।

‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना’ उनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस