वामपन्थी नेता स्वनाम साथी (शसी शेरचन)को निधन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

वामपन्थी नेता स्वनाम साथी (शसी शेरचन)को निधन


११ पुस २०७७, शनिबार


काठमाडौँ । वामपन्थी नेता स्वनाम साथी (शसी शेरचन) को निधन भएको छ।

मार्क्सवादी विचारधाराका नेता स्वनामको शुक्रवार साँझ मोडेल अस्पतालमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी कोरोना भाइरसबाट सङ्क्रमित पनि थिए । मुटुको समस्या रहेका उनको केही समय अघि मुटुको शल्यक्रिया पनि गरिएको थियो ।

म्याग्दीको अर्मनमा १७ साउन २००७ मा जन्म भएका उनको किरण गौतमसँग विवाह भएको थियो । उनका सन्तान छैनन्।

उनी नेकपा मसाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी) हुँदै नेकपाको राजनीतिमा सक्रिय थिए।

Tags :
प्रतिक्रिया दिनुहोस