कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कांग्रेस केन्द्रीय समिति बैठक पुस १९ सम्म स्थगित


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित गरेको छ।

गत मंगलबार सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आजसम्म चलेको थियो। कांग्रेस बैठलले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ । पुस १६ गते मेलमिलाप दिवसमा जिल्ला कार्यसमितिहरूले कार्यक्रम गर्ने पनि कांग्रेसको तयारी छ।

पुस ५ गते प्रधानमन्त्रीको सीफारिसमा राष्ट्रपति विद्या देवि भण्डारीले संसद विघटन गरेकी छन् । उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले आन्दोलन गर्न लागेको छ। आन्दोलनका लागि अहिले केन्द्रीय समिति स्थगित गरिएको कांग्रेसले जनाएको छ।

अब पुस १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसभित्र तत्काल आन्दोलनमा जाने कि अदालतको आदेश पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ।

Tags :
प्रतिक्रिया दिनुहोस