ओली गणतन्त्र र संघीयता विरोधी मान्छे हुन् : माधव नेपाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ओली गणतन्त्र र संघीयता विरोधी मान्छे हुन् : माधव नेपाल


१० पुस २०७७, शुक्रबार


काठमाडौँ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको बताएका छन् ।

आफूहरूबीच ४९ वर्षको सहकार्य रहेको जानकारी दिँदै उनले प्रधानमन्त्री ओलीमा अहिलेको व्यवस्थाप्रति कुनै माया मोह नभएको बताएका छन् ।

आफ्नो समूहको केन्द्रीय कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘उहाँलाई गणतन्त्रप्रति अपनत्व छैन । गणतन्त्र विरोधी मान्छे हो ।’ तत्कालीन एमालेमा ओलीले गणतन्त्रबारे फरक मत राख्दा आफू, झलनाथ खनाल, अमृतकुमार बोहोरा लगायतका नेताहरु साक्षी रहेको बताए ।

प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्ने व्यक्ति भएको र त्यस्ता व्यक्ति तानाशाही हुने गरेको नेपालको भनाइ थियो । उनले ‘विचार नभएकालाई बैठकबाट एलर्जी हुन्छ’ भनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस