छुट्टा छुट्टै सडक दुर्घटना परि २ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छुट्टा छुट्टै सडक दुर्घटना परि २ जनाको मृत्यु


१० पुस २०७७, शुक्रबार


भोजपुर । भोजपुर नगरपालिका-५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको छ । आज बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीको भनाइ छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट बालकको मृत्यु

डोटी : जिल्लाको शिखर नगरपालिका–६ तल्कोटमा से१त १००९ नंको कारको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–६ बस्ने आठ वर्षीय बालक गोरख बलायर रहेका छन् ।

गए राति दिपायल पिपल्ला बजार आउँदै गरेको उक्त कारको ठक्करबाट गम्भीर घाइते भएका निज बालकको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए । उनले भने, ‘कारको ठक्करबाट बालक गम्भीर घाइते थिए, यहाँ उपचार हुन नसकेपछि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर आएको छ ।’ बालकलाई ठक्कर दिने कार चालक कैलाली धनगढी उपमहानगरपालिका–१ का ५६ वर्षीय माधव गिरीलार्ई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस