कुवेतमा आजदेखि कोरोनाविरुद्धको खोप दिन सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कुवेतमा आजदेखि कोरोनाविरुद्धको खोप दिन सुरु


प्रशासन संवाददाता

९ पुस २०७७, बिहिबार


कुवेत सिटी । कुवेतमा पनि कोरोनाभाइरस विरुद्धको खोप दिन थालिने भएको छ । आज (बिहीबार) देखि खोप लगाउने अभियान नै चलाइने कुवेतका स्वास्थ्य मन्त्री बसेल अल सबाहले बुधबार जानकारी दिए ।

खोप अभियानअन्तर्गत सबैभन्दा पहिला वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोप लगाइने भएको छ । उनले एक वर्षभरी एक÷एक महिनाको अवधिमा खोप ल्याइने पनि जानकारी दिए । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाइ दिने योजना बनाइएको पनि उनले बताए ।

पछिल्ला महिनाहरुमा कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न र खोप ल्याउनका लागि स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाप्रति उनले सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन् । “उहाँहरुकै कडा मेहनतका कारण खोप ल्याएर लगाउन पाइने भएको हो,” मन्त्री सबाहले भने ।

खोप लगाएसँगै मानवीय क्षति कम हुने र सङ्क्रमितहरुको सङ्ख्यामा पनि कमी आउने सरकारी अधिकारीहरुले आशा गरेका छन् । कुवेतले कोरोनाभाइरस विरुद्धको पहिलो चरणको खोप बुधबार स्वदेश ल्याएको अधिकारीहरुले जानकारी दिएका छन् । सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस