प्रतिनिधि सभा पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौँ : दाहाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभा पुनर्स्थापना गरेर नयाँ सरकार बनाउँछौँ : दाहाल


८ पुस २०७७, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए ।

बानेश्वरमा बुधबार दिउँसो दाहाल-नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि उनले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर राष्ट्र र जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्न आफ्नो ध्यान हुने बताए।

उनले आफूले चुनौतीको समयमा जिम्मेवारी पाएको बताएका छन्।‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नमा मैले लगाउने छु।’उनले भने, ‘जनताको भरोषामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै र माननीट्ठको विश्वास लिँदै संसदलाई जीवित राखि राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा मैले सबै तागत लगाउने छु, मलाई विश्वास छ अन्ततस् हामी सफल हुनेछौँ।’

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो। प्रचण्ड(नेपाल समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९३ जना सांसद सहभागी थिए। नेकपाका प्रतिनिधि सभामा १७४ र राष्ट्रिय सभामा मनोनितबाहेक ४७ जना सांसद छन्।

Tags :
प्रतिक्रिया दिनुहोस