नवलपरासीको गैंडाकोटमा ट्रक दुर्घटना हँदा ३ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नवलपरासीको गैंडाकोटमा ट्रक दुर्घटना हँदा ३ जनाको मृत्यु


८ पुस २०७७, बुधबार


नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ३ मा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

बुलिगंटार गाउँपालिका वडा नं १ थामबेसी बाट गैंडाकोट तर्फ आउँदै गरेको ना३ख ५३३९ को टक गैंडाकोट नगरपालिका ३ भोक्रोफाँट को सेतीभीरबाट एक सय मीटर तल खसेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए ।

गैँडाकोट नगरपालिका वडा नं.३ कालिगण्डकी करिडोरको काममा प्रयोग भएको सो ट्रक बिहान ७ बजे भीरबाट खस्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको खाँडले बताए । मृतकहरुको हाल सम्म परिचय खुल्न सकेको छैन ।

घटनास्थल पुगेका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले मृतकको शव अहिलेपनि भिरमै रहेको जानकारी दिए । लोहनी कन्स्ट्रक्सनको सिमेन्ट बोक्ने ट्रक बुलिङटार गाउँपालिकाको खामबेंसीबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थल गैंडाकोटबाट २६ किलोमिटर उत्तरमा पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस