कर्णालीमा केपी ओलीको समर्थनमा र्‍याली  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्णालीमा केपी ओलीको समर्थनमा र्‍याली 


७ पुस २०७७, मंगलबार


सुर्खेत । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा सुर्खेतको वीरेन्द्रनगरमा र्‍याली प्रदर्शन भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्घ र विद्यार्थी सङ्गठनको एक समूहले र्‍यालीमा राष्ट्र नायक केपी वली जिन्दाबाद, केपीका लागी होइन, भोलिका लागी, विखण्डनकारी मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी हाम्रै हो, सूर्य चिन्ह हाम्रै हो । यो विना प्रचण्ड माधवले चुनाव जितेर देखाऊ’ जस्ता नारा लगाइएको थियो ।
र्‍यालीमा युवा सङ्घ नेपालका केन्द्रीय सदस्य गणेशमान खनाल, विद्यार्थी नेता जिल्ला संयोजक धुपेन्द्र शाही, केन्द्रीय सदस्य प्रेम खड्का  लगायत सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस