ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बादल गएनन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा बादल गएनन्


७ पुस २०७७, मंगलबार


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा गएका छैनन् ।

बालुवाटारमा ओली पक्षको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । गृहमन्त्री बादल पुल्चोकस्थित मन्त्री निवासमै रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बादल पनि आफू निकटका नेताहरुसँग परामर्शमा छन् । सोमबार राति बालुवाटार पुगेर बादलले ओलीसँग भेट गरेका थिए ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बादललाई भेटेको बादल निकट स्रोतले जानकरी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस