मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : ओली


६ पुस २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राखेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताएको जनाए । सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह गरे ।

अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस