प्रमुख ३ दलको निष्कर्ष : संसद विघटन संविधानको मर्ममा प्रहार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रमुख ३ दलको निष्कर्ष : संसद विघटन संविधानको मर्ममा प्रहार


६ पुस २०७७, सोमबार


काठमाडौँ । संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निश्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानको मर्ममाथि प्रहार भएको निश्कर्ष निकालेको हो ।

संघर्षका थप कार्यक्रमबारे आ-आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको  नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।  मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा संसद विघटन छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

आजको बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी थिए।

Tags :
प्रतिक्रिया दिनुहोस