नेपाली कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपाली कांग्रेस कार्यालय सानेपामा सर्वदलीय बैठक सुरु


६ पुस २०७७, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरुद्वमा रणनीति बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टीबीच सर्वदलीय बैठक सोमबार अपरान्ह कांग्रेस कार्यालय सानेपामा बसेको छ ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ साथै जनता समाजवादीका डा।बाबुराम भट्टराई, महन्थ ठाकूर र राजेन्द्र महतो लगायत शीर्ष नेताहरू सहभागी छन् ।

संसद् विघटनविरुद्ध निर्णायक र कठोर कदम चाल्ने निर्णय बैठकले गर्ने बताइएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन दलको संयुक्त बैठकमा ओली सरकारको असंवैधानिक कदमबारे छलफल गरेर ठोस् निर्णय हुने जानकारी दिए।

सर्वदलीय बैठक अघि काँग्रेस नेतहरुले आन्तरिक परामर्श पनि गरेको थिए । नेकपा र जसपाका नेताहरु सानेपा केही ढिलो गरि आउँदा ४ बजेलाई बोलाइएको बैठक ५ बजेबाट सुरु भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस