प्रधानमन्त्री ओलीले पनि बोलाए नेकपाको केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ओलीले पनि बोलाए नेकपाको केन्द्रीय कमिटी बैठक


६ पुस २०७७, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएका नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको थियो । तर उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र विवाद उत्पन्न भई प्रतिनिधिसभा विघटनपछिको स्थितिबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस