ऐतिहासिक सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिनँ : लेखराज भट्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ऐतिहासिक सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन सकिनँ : लेखराज भट्ट


६ पुस २०७७, सोमबार


काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार ढाल्ने खेलमा लागेकाले प्रचण्डलाई साथ दिन नसकिने बताएका छन् ।

भट्टले सरकार ढाल्ने र राष्ट्रपतिविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नेसम्मको तयारी गरेका कारण नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई साथ दिन नसकेको बताएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा भट्टले यो ऐतिहासिक सरकार ढाल्ने र देशमा अस्थिरता निम्त्याउने पक्षमा प्रचण्ड–नेपाल पक्ष लागेकाले आफूले साथ दिन नसकेको बताए ।

भेलालाई सम्बोधन गर्दै भट्टले इतिहासमा सबैभन्दा राम्रो काम यही सरकारले गरेको दाबी गरेका छन् ।

तर सरकारलाई कामै गर्न नदिने र सधैँ अनिर्णयको बन्दी गराउने षडयन्त्र भएको भट्टको भनाइ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस