नेकपाका दुवै पक्षले बोलाए बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपाका दुवै पक्षले बोलाए बैठक


प्रशासन सिंहदरवार ब्युरो

६ पुस २०७७, सोमबार


काठमाडौँ । नेकपाका दुवै पक्षले आ–आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा आफू निकटका सांसदहरुको बैठक बोलाएका हु्न ।

यस्तै प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन भनेको छ ।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये हाल १७३ सांसदहरु छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस