रम्तेलले अस्वीकार गरे दलित आयोगको सदस्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रम्तेलले अस्वीकार गरे दलित आयोगको सदस्य


५ पुस २०७७, आइतबार


काठमाडौँ । संवैधानिक परिषद्ले राष्ट्रिय दलित आयोगको सदस्य सिफारिस गरिएका परशुराम रम्तेलले उक्त पदमा नबस्ने बताएका छन्। रम्तेलले आइतबार साँझ आफ्नो सहमति नलिई आयोगमा नाम सिफारिस भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘मन्त्रिपरिषद्वारा राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिस गरिएको भनेर मेरो नाम पनि उल्लेख गरिएको रहेछ,’ रम्तेलले फेसबुकमार्फत भनेका छन्, ‘मेरो सहमति नलिई कानुनीरुपमा पनि गलत अभ्यासबाट गरिएको सिफारिस अस्वीकार र संसद् विघटनको पनि म विरोध जनाउँछु।’

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको टिप्पणी गरेका उनले संसद् विघटनबाट गणतन्त्र र सङ्घीयताको मर्ममै आक्रमण भएको बताएका छन्। त्यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले दिएको पदमा जान सक्दिनँ, उनले भनेका छन्, ‘मलाई सोध्दै नसोधी गरिएको सिफारिसको अर्थ छैन।’

Tags :
प्रतिक्रिया दिनुहोस