संसद् विघटनको संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संसद् विघटनको संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय


५ पुस २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी(जसपा) ले संसद् विघटनको संयुक्त रूपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।

नेकपाको पहलमा तीन दलका नेताहरूको बैठक काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरवारमा बसेको बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा। बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

बैठकले संसद् विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसलाई अनुमोदन गर्ने राष्ट्रपतिको कदम दुवै असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस