मास्क बिना सेल्फी खिच्दा चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिमाना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मास्क बिना सेल्फी खिच्दा चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिमाना


एजेन्सी

५ पुस २०७७, आइतबार


काठमाडौँ । चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरालाई सार्वजनिक स्थलमा मास्क नलगाइ सेल्फी खिच्दा ३५ सय अमेरिकी डलर जरिमाना गरिएको छ।

कोरोना भाइरस रोकथाम सम्बन्धी नियम तोडेको आरोपमा यसै महिनाको सुरूवातमा एक महिलासँग खिचेको मास्कबिनाको सेल्फी फोटोका कारण उनले जरिमाना तिर्नुपरेको हो।

सेल्फीमा राष्ट्रपति र तस्विर खिचाउने महिला दुबै जनाले मास्क लगाएका थिएनन्। मास्कबिनाको तस्विर भाइरल भएपछि राष्ट्रपतिले कोरोना रोकथामसम्बन्धी नियमहरू पालना गर्न आफू चुकेको भन्दै माफी मागेका थिए।

चिलीमा कोरोना महामारी रोकथामका लागि कडा नियमहरू लागू गरिएको छ। त्यहाँ सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य छ। मास्क प्रयोग नगर्नेमाथि चिलीमा जरिमानासँगै जेल सजाय समेत प्रावधान रहेको छ।

हालसम्म चिलीमा ५ लाख ८१ हजार १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोनाका मृतयु हुेनको संख्या १६ हजार पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस