सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम प्रदेश सभाका सभामुख थापालाई कोरोना संक्रमण


प्रशासन संवाददाता

५ पुस २०७७, आइतबार


कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको हो ।

थापाको सचिवालयका अनुसार उनलाई केही दिनदेखि हल्का ज्वरोसमेत आएको थियो । अहिले उनी होम आइसोलेसनमा बसिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस